सिन्धुली-२ मा गठबन्धनको अग्रता कायमै « Khabarhub

सिन्धुली-२ मा गठबन्धनको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् । हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हुँदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका मनोजजङ्ग थापाले चार हजार दुई सय एक मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भरतकुमार दाहालले जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले ५६, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले दुई,  तामाङसालिङ लोकतान्त्रिक पार्टीका डिल्लीकुमार गोलेले १८, मङ्गोल नेसनल अर्गनाइजेसनका शान्तवीर लामाले ६३,  जनसमाजवादी पार्टी नेपालका योग्यबहादुर मुडुला कार्कीले १७,  राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ८४ र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ४४ मत पाएका छन् । चार हजार ४५ मत बदर भएको छ ।

    प्रदेशसभा सदस्यतर्फ

हालसम्म निर्वाचन क्षेत्र नं २ ९१० तर्फ १२ हजार दुई सय ६९ मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोदकुमार खड्काले चार हजार एक सय ३६, नेपाली कांग्रेसका छेत्रबहादुर बम्जनले सात हजार दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले तीन सय १४, नेपाल मजदुर किसान पार्टीकी संगीता दुवालले ४१ र मङ्गोल नेसनल अर्गनाइजेसनका वोजनकुमार वलले एक सय ३३ मत प्राप्त गर्दा तीन सय ८० मत बदर भएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ ९२० तर्फ  १० हजार सात सय ६७ मत गणना हुँदा एमालेका रामकुमार पौडेलले चार हजार तीन सय ३०, नेकपा (माओवादी केन्द्र) का गङ्गानारायण श्रेष्ठले पाँच हजार आठ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले ९१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले १३, मङ्गोल नेसनल अर्गनाइजेसनका तुलसी राईले ९०, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले २० मत प्राप्त गरेका छन् । जसमा तीन सय ७१ मत बदर भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : २१ बजे

प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

म्याग्दी– म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५

स्रोतको अभावबीच ऋण लिएर ब्याज तिनुपर्ने अवस्था कसरी हटाउलान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका