प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी  « Khabarhub

प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी 


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा छन् । त्यस्तै  प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाईँले दुई हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापा क्षेत्र नं ३ ९१० कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६ सय २९ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९२० मा नेकपा (एमाले) का उम्मेदवार छवि चुडालले अग्रता लिएका छन्। उनले दुई हजार एक सय २१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार दुई सय ९० मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५९ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली