रामचन्द्र पौडेलको अग्रता कायमै « Khabarhub

रामचन्द्र पौडेलको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् ।

सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा (एमाले)का एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राखेका छन् । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गर्दा एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ ।

प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार ४० मत पाउँदा एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ०३ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र