प्रदेश सभामा जनमत पार्टीको पहिलो जित « Khabarhub

प्रदेश सभामा जनमत पार्टीको पहिलो जित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुर- चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा सो पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।

यादव आफ्ना प्रतिद्वन्द्वीभन्दा ६३०२ मत अन्तरले विजयी भएका हुन्। उनी १३३२५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उमेशकुमार यादवले ७०२३ मत पाए ।

सप्तरी २ (ख)मा पनि सोही पार्टीका सतिश सिंह १४३२२ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साहले ६७४९ मतसहित सिंहलाई पछ्याइरहेका छन् । सो निर्वाचन क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए।

हालसम्म भएको मत गणना अनुसार सप्तरी २ मा जनमत पार्टीका सिके राउत १४४६८ मत ल्याएर अग्रस्थानमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ७२७१ मतसहित दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र