ललितपुर–१ मा उदयशम्शेर राणाको अग्रता | Khabarhub Khabarhub

ललितपुर–१ मा उदयशम्शेर राणाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले १२ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका नवराज सिलवालले ११ हजार आठ सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ६२ मत पाएका छन् । अहिलेसम्म २८ हजार एक सय ९८ मत गणना भएको छ । जसमा नौ सय ९६ मत बदर भएको छ।

प्रदेशमा कांग्रेसको अग्रता
ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (१) अन्तर्गत १४ हजार छ सय मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधुसूदन पौडेलले छ हजार एक सय १४ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) हरि दाहालले पाँच हजार आठ सय ३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी हुमा पाण्डेयले (राप्रपा)ले एक हजार सात सय ७९ मत ल्याएका छन् । पाँच सय सात मत बदर भएको छ ।

ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (२) अन्तर्गत १५ हजार २५ मतगणना गर्दा नेपाली कांग्रेस मीनकृष्ण महर्जन अग्र स्थानमा छन् । उनले सात हजार चार सय ३१ मत प्राप्त गरेका छन्। दोस्रोमा नेकपा (एमाले) का चेतनाथ सञ्जेलले छ हजार ४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ५४ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा