राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय यादव « Khabarhub

सर्लाही-२

राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय यादव


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन्।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवले मतान्तर बढाउँदै उनीसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पछि पारेका छन् ।

निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ। यसअघि महतोले धनुषा–३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभामा आएका थिए । उनले यसपटक निर्वाचन क्षेत्र फेरेर गृह नगर सर्लाही आएका हुन् ।

हालसम्मको गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : १६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था