बाँकेको क्षेत्र नं १ मा २ र ३ मा क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता | Khabarhub Khabarhub

बाँकेको क्षेत्र नं १ मा २ र ३ मा क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले अग्रता लिएका हुन् । 

तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का गहतराजले तीन हजार नौ सय ६ मतका साथ पछ्याइरहेका छन् । क्षेत्र नं २ मा २७ हजार नौ सय ७५ मतगणना हुँदा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले १३ हजार तीन सय ५१ मतका साथ अग्रता कायम गरेका छन् ।

 यहाँ जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राइले आठ हजार पाँच सय ३९ मत, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार सात सय ५९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

 क्षेत्र नं ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सात हजार चार सय ६५ मत ल्याएर अहिले अग्रता कायम गरेका छन् । योभन्दा अघि उनी सुरुदेखि दोस्रो स्थानमा थिए । नेकपा (एमाले)का किस्मतकुमार कक्षपतिले सात हजार दुई सय ४३ मत प्राप्त गरेका भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले दुई हजार छ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना तीन स्थानमा भइरहेको छ । क्षेत्र नं १ को राप्ती सोनारी गाउँपालिका सभाकक्ष  क्षेत्र नं २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं ३ को खजुरास्थितकपास विकास समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २६ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले