चितवन-२ मा रवि दोस्रोमा उक्लिए, १ मा घण्टी र ३ मा राप्रपाको अग्रता « Khabarhub

चितवन-२ मा रवि दोस्रोमा उक्लिए, १ मा घण्टी र ३ मा राप्रपाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

११ हजार २८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन्। उनले ३ हजार ५२७ मत पाएका छन्।
जारी मतगणनाको हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।

क्षेत्र नं १ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २४ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र