चितवन-२ मा रवि दोस्रोमा उक्लिए, १ मा घण्टी र ३ मा राप्रपाको अग्रता | Khabarhub Khabarhub

चितवन-२ मा रवि दोस्रोमा उक्लिए, १ मा घण्टी र ३ मा राप्रपाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

११ हजार २८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन्। उनले ३ हजार ५२७ मत पाएका छन्।
जारी मतगणनाको हालसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।

क्षेत्र नं १ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा