बझाङमा मतगणना सुरु « Khabarhub

बझाङमा मतगणना सुरु


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंगलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ । 

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले) बाट ऐनबहादुर महर र लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ । 

प्रदेशसभा सदस्य २ बाट एमालेका लालबहादुर (एलबी) रावल, लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंहबीच प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०४ बजे

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित