विश्वकपको आफ्नो पहिलो खेलमै अर्जेन्टिना साउदी अरबसँग पराजित « Khabarhub

विश्वकपको आफ्नो पहिलो खेलमै अर्जेन्टिना साउदी अरबसँग पराजित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदी अरबसँग हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलअन्तरले पराजित भएको हो । लुसाइल स्टेडियममा साउदी अरबले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका हुन् ।

खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २१ को जित दिलाए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १२ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच