सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः भएको मतदान सम्पन्न | Khabarhub Khabarhub

सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः भएको मतदान सम्पन्न


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान सम्पन्न भएको छ ।

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान केन्द्रमा आज मतदान भएको हो ।

तीनवटा मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या भएकोमा दुई हजार (६८ प्रतिशत) मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार मतदान कार्य मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०३ बजे

कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको मंगलबारको बैठकले

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी आगामी आर्थिक वर्षका लागि

पशुपतिको भेटी चोरी गर्ने आठ जना पक्राउ

काठमाडौं– पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चिन– उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच

बजेट अभावमा एक सय १५ खानेपानी आयोजना अधुरै

पर्वत– बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना