सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः भएको मतदान सम्पन्न | Khabarhub Khabarhub

सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः भएको मतदान सम्पन्न


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान सम्पन्न भएको छ ।

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान केन्द्रमा आज मतदान भएको हो ।

तीनवटा मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या भएकोमा दुई हजार (६८ प्रतिशत) मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार मतदान कार्य मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०३ बजे

महाधिवेशन नेतृत्व चयन, नीति र उद्देश्य निर्धारण गर्ने थलो होः सभापति देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

‘सानी डाली घँगारुकी, मुसुरदानी ।ठुम्के चरो बास ।।म बाबाका माइत

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको