ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई « Khabarhub

ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत पोखरेलले आफूलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर ५ मा विजय भएका पौडेललाई बधाई दिएका हुन् ।

उनले निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासँगको सम्बन्ध, सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्धर सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !’

उनले निर्वाचनमा आफूलाई मत दिनेहरूलाई धन्यवादसमेत दिएका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ३२ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार