काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको कुल चुक्ता पुँजी १४ करोड ७४ लाख ५९ हजार ६८५ रहेको छ । सञ्चालक समितिको निर्णय अनुसार सेयर धनीहरूलाई २ करोड ६५ लाख ४२ हजार ७४२ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख ९६ हजार ९८४ बराबरको नगद लाभांश प्रदान गरिनेछ ।














प्रतिक्रिया