प्रशंसा र स्वस्तिका सेमिफाइनलमा « Khabarhub

प्रशंसा र स्वस्तिका सेमिफाइनलमा


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन्।

उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६–१ र ६–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे।

त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ५४ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार