स्पेनिस टोली नेपाल भ्रमणमा आउने | Khabarhub Khabarhub

स्पेनिस टोली नेपाल भ्रमणमा आउने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल  भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो । 

स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । 

खेल पोखरा रंगशाला र  दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी-११ बीचको मैत्रीपूर्ण खेल १३ पुसमा पोखरा रंगशालामा हुनेछ । यसैगरी १४ पुसमा दशरथ रंगशालामा काठमाडौं-११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी-११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाएका छन् । टोलीको प्रशिक्षणमा पोखराबासी राजेन्द्र तामाङ हुनेछन् । यसैगरी काठमाडौं-११ को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी  छन् ।  

स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनेछन् । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए ।  

फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा रहेको बताए । यसैगरी उनले समर्थकलाई मैदानमा उपस्थिति भइदिन आग्रह गरेका छन् । 

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यसहित गरिन लागेको मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लबको साथमा स्पेनिस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूका साथै स्पेनिस फुटबल महासंघका उपाध्यक्ष पनि नेपाल आउनेछन् । फाउन्डेसनले नेपालको पर्यटन प्रवर्द्धनमा यस मैत्रीपूर्ण खेलले धेरै सहयोग पुग्ने विश्वास लिएको छ । 

फाउन्डेसनले भविष्यमा दुई देशका फुटबल एकेडेमीहरूबीच दीर्घकालीन सहकार्यको वातावरण बनाउने, स्पेनिस प्रशिक्षकहरू नेपाल ल्याएर खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाउने, स्पेनका विशेषज्ञ इन्स्ट्रक्टरहरूबाट नेपाली प्रशिक्षकहरूलाई प्रशिक्षित गराउने, नेपालका प्रतिभावान् युवा खेलाडीलाई स्पेनमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउनेलगायतका योजना बनाएको छ । फाउन्डेसनले एन्फा र स्पेनिस फुटबल महासंघसँग सम्झौता गराउन पहल गरिरहेको छ । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ३ : ४० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा