युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की « Khabarhub

युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन् ।

बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।”

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्की पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका छन् । उनले भने, “अमेरिकी काङ्ग्रेसमा तपाईं र सबै अमेरिकीसँग कुरा गर्न पाउनु ठूलो सम्मानको कुरा हो । सबै बाधाहरू, र विनाश र निराशाको विरुद्ध, युक्रेन पतन भएको छैन ।”

उनले भने, “हामीलाई कुनै डर छैन, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको छ । रूसी निरंकुशताले हामीमाथिको नियन्त्रण गुमाइसकेको छ ।”
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि अमेरिकी संसदका सदस्यहरूलाई सम्बोधन गरेका हुन् । भेटवार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर समर्थन गर्ने आश्वासन दिएका थिए ।

उनले भने, “समुद्र वा अन्य कुनै कुराले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यो युद्धलाई रोक्न वा स्थगित गर्न सकिँदैन ।”

“संयुक्त राज्य अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म र हरेक देशबाट अस्ट्रेलियासम्म, संसार यति धेरै अन्तरसम्बन्धित र अन्योन्याश्रित छ कि कसैलाई अलग रहन र यस्तो युद्ध जारी रहँदा पनि अझै सुरक्षित महसुस गर्न सकिन्छ,” उनले भने ।

उनले भने, “हाम्रा दुई मुलुक यो लडाइँमा परस्पर सहयोगी छन् र मलाई थाहा छ युक्रेनी साहस र अमेरिकी संकल्पले गर्दा अर्को वर्ष एउटा ‘टर्निङ प्वाइन्ट’ ल्याउनेछ । आफ्नो मूल्यमान्यताको पक्षमा उभिने मानिसको स्वतन्त्रताले हाम्रो साझा स्वतन्त्रताको भविष्यको सुनिश्चितता गर्नुपर्दछ ।”

युक्रेनी जनताका लागि आशाको सन्देश दिँदै उनले भने, “रूसीहरूले बाख्मुत जस्ता शहरहरूविरुद्ध सबै कुरा प्रयोग गर्छन् तर युक्रेनले ‘कहिल्यै आत्मसमर्पण गर्दैन ।’’

जेलेन्स्कीले रूसलाई चेतावनी दिँदै भने, “रूसीहरूले दिनरात ७० हजार मानिसहरूको शहर कब्जा गरिरहेका छन्, तर बखमुत खडा छ ।”

‘‘युद्धको ३०० दिनभन्दा बढी भइसक्दा पनि युक्रेनका सैनिकहरूले आफ्नो देशको रक्षा गरिरहेका छन्, तर उनीहरूलाई युद्धभूमिमा जित्नका लागि थप हतियारको आवश्यकता छ’’ जेलेन्स्कीले सम्बोधनका क्रममा भने ।

युक्रेन आफ्नो स्वतन्त्रता र अस्तित्वका लागि लडिरहेको बताउँदै जेलेन्स्कीले भने, “ती लक्ष्य हासिल गर्न संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग आवश्यक रहनेछ ।’’

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले जेलेन्स्कीसँगै एक पत्रकार सम्मेलनमा युक्रेनलाई निरन्तर सहयोग गर्ने आश्वासन दिँदै अमेरिकाले थप १.८ अर्ब अमेरिकी डलरको सहायता प्याकेजअन्तर्गत प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेका थिए ।

जेलेन्स्कीले अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै रुसी आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली महत्वपूर्ण रहेको दोहोर्‍याए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ३ : ४९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार