नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ । हाम्रै छिमेकी देशहरुमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक रहेको उनले बताए । 

कोभिड-१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले सबै सिमानाका विन्दुका स्वास्थ्य सहायता कक्षहरुमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ ।  

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : १८ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र