आईपीएल अक्सनमा नेपालका १५ खेलाडी « Khabarhub

आईपीएल अक्सनमा नेपालका १५ खेलाडी


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा १५ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्।

आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सनमा सहभागी खेलाडीको सूची शनिबार सार्वजनिक भएको हो। जहाँ नेपालका १५ जना खेलाडी रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईपीएल अक्सनमा सन्दीप लामिछाने, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले आईपीएलको अक्सनमा नाम दर्ता गराएका हुन्।

अक्सनको सूचीमा कुल १२ सय १४ खेलाडी सामेल छन्। अहिलेसम्म कप्तान एवम् लेग स्पिनर सन्दीपले मात्र नेपालबाट आईपीएल खेलेका छन्।

आगामी आईपीएल अक्सनमा भारतका ८ सय ९६ र विदेशी ३१८ जना खेलाडी रहेका छन्।

भुटानबाट एक मात्र खेलाडीको नाम दर्ता हुँदा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका हुन्। आईपीएलको आगामी संस्करणको अक्सन बैंगलोरमा फेब्रुअरी १२ र १३ मा हुनेछ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : २८ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर