कस्मेटिक पसल छोडेर कुखुरा व्यवसाय | Khabarhub Khabarhub

कस्मेटिक पसल छोडेर कुखुरा व्यवसाय


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् ।

अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मूल गेटमा रारा आउने जाने पाहुनालाई लक्षित गरी व्यवसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् ।

मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ ।

हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् ।

पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ ।

मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : २१ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको