जिल्ला अस्पताल उदयपुरमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै « Khabarhub

जिल्ला अस्पताल उदयपुरमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसियुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ ।

कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए ।

दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको हो । त्यस बेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

आइसियु र भेन्टिलेटर जडान गरेको डेढ वर्षपछि आवश्यक जनशक्ति सरुवा भई आएपछि आइसियु सञ्चालन हुने भएका हुन् । जटिल खालका कोभिड संक्रमित बिरामीलाई विराटनगर, धरान र काठमाडौँ निफर गर्दा समस्या हुने र भनेका समयमा बेड नपाउने भएकाले जिल्लावासीलाई बचाउन नसकिएपछि जिल्लामै आइसियु र भेन्टिलेटर सुविधाको तयारी थालेका थिए ।

प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आइसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक पटक प्रयास गर्दा समेत दक्ष जनशक्ति ल्याउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको थियो । अस्पतालमा केही दिन अघि मात्र दक्ष जनशक्ति आएपछि आइसियु सेवा सुरु लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिए । डा. झासहित १० जना विशेषज्ञ (कन्सल्टेन्ट) डा. भर्खरै अस्पतालमा सरुवा भएर आएपछि आइसियु र भेन्टिलेटर सञ्चालनको तयारी थालेका हुन् ।

अस्पतालमा प्रसूति विशेषज्ञ डा. झा, हाड जोर्नी विशेषज्ञ डा. सशिरन्जन प्रधान, बिशेषज्ञद्वय एनेथेसिया (बेहोस पार्ने) डा. विशाल देव र कौशल तामाङ, जेनेरल फिँजिसिएन विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन् । त्यसैगरी इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश महतो, डेन्टल सर्जन बिशेषज्ञद्वय डा. नारायण श्रेष्ठ र बेन्जु श्रेष्ठ तथा प्रसूतिकै विशेषज्ञ डा. रितेशराज कर्ण रहेका छन् । मेसु झा सहित जिल्ला अस्पतालमा विशेषज्ञ डा. को संख्या १० जना पुगेको छ ।

१० वर्ष अघि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक आएका थिए । विशेषज्ञ डा. दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको थिएन ।

हाड जोर्नी, जेनेरल फिँजिसिएन समेत कन्सल्टेन्ट आएपछि गाइनोसँगै अन्य उपचार पनि सहज हुने क्रममा छ । मुटु रोग, नाक कान घाँटी तथा नशा रोग विशेषज्ञ, बालभोग विशेषज्ञ भने अझै खाली रहेको छ । विशेषज्ञ चिकित्सकका लागि आवश्यक उपकरण र भौतिक संरचना उपलब्ध गराउन सके गाईघाटमै विराटनगर र धरानसरहको उपचार सेवा सुरु हुने डा. झा बताउँछन् ।

अस्पतालमा रहेको आइसियु र  भेन्टिलेटर सेवा सञ्चालन तयारी तीव्र पारिएको छ । त्यसका लागि कोठा अभाव र केही उपकरण जडान गर्न बाँकी रहेकाले तत्काललाई बजेटको व्यवस्थापनसँगै सेवा सुरुवातको तयारी भइरहेको छ । आवश्यक बजेटका लागि अस्पतालले बैठक राखेर प्रदेश सरकार समक्ष माग गरी पठाइएको जनाएका छन् ।

अस्पताल भवनको माथिल्लो तल्लासम्म जान र्‍याम नभएका कारण कोठा खाली रहे पनि आइसियु सञ्चालन गर्न नमिलेको बताए । माथिल्लो तल्लाको कोठा प्रयोग गर्न नमिलेका कारण भुइँतलामा रहेको ओपिडीकै दुई वटा कोठा आइसियुका लागि प्रयोगमा ल्याउन लागिएको छ । र्‍याम निर्माण गर्न समय लाग्ने भएकाले आइसियु सञ्चालन सहज गर्न ओपिडी कक्षकै कोठाहरू प्रयोग गर्न लागिएको अस्पतालका सूचना अधिकृत बृखबहादुर खत्रीको भनाई छ ।

आइसियु सञ्चालन गर्न केही भौतिक उपकरण र नर्सिङ प्यारामेडिक (नर्स तथा एचए र अहेब) जनशक्ति पनि जुटाउनु भएकाले त्यसको पहल भई रहेको छ । तत्काल नै आइसियु भेन्टिलेटर सञ्चालनमा ल्याउने र बिस्तारै जनशक्ति र संरचनाको खोजी गर्ने योजना रहेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण