नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने « Khabarhub

नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ ।

शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी- २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।

शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् ।

ग्लोबल छनोटका खेलहरु १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ४६ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय