९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार « Khabarhub

९ पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले नाै पत्रकारसहित १३ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको छ । आफ्नो तेस्रो वार्षिकोत्सवको असरमा पत्रिकाले जनही १५ हजार राशीका पुरस्कार प्रदान गरेको हो ।

प्रेमबहादुर राई-हीरामाया राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट पत्रकार उजुर राई, स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट भीम राई, स्वर्गीय हिमालसेर राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट डम्बरसिंह राई, हलेसी तुवाचुङ नगरपालिका तुवाचुङ साप्ताहिक पुरस्कारबाट दिलिप खत्री, स्वर्गीय इन्द्रसेर राई-गउनसरी राई तुवाचुङ साप्ताहिक पुरस्कारबाट हरिबोल आचार्य पुरस्कृत भएका छन् ।

रुनिशा राई-तुवाचुङ साप्ताहिक पुरस्कार सुरेन्द्र चालिसे (रामेछाप), भर्तसेर राई-रणकुमारी राई-तुवाचुङ साप्ताहिक मातृभाषा पुरस्कार तिलक चाम्लिङ, स्वर्गीय राजकुमार राई तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार टिवन राई र देवान राई-सतिसरा राई तुवाचुङ साप्ताहिक पुरस्कार सर्मिला विश्वकर्मालाई प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले बताए ।

स्वर्गीय जसमाया राई तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट प्रअ नवीन चाम्लिङ, तुवाचुङ मारातिका यातायात प्रालि–तुवाचुङ साप्ताहिक पुरस्कारबाट पवन चाम्लिङ राई, स्वर्गीय कृष्णध्वज राई–तुवाचुङ साप्ताहिक पुरस्कारबाट सुजन राई र चन्द्रबहादुर गिरी–तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबाट राकेश परियारलाई पुरस्कृत गरिएको छ ।

होटल हलेसी भिलेज, हलेसीमा शनिबार आयोजित तेश्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य डिल्ली चाम्लिङले पुरस्कृत व्यक्तित्वलाई खादा ओढाएर जनही १५ हजारका साथमा प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ५६ बजे

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री