रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक « Khabarhub

रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।

गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए त यो वर्षको जाडो कटाउँछु होला ।’

रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘घरमा परिवारसँग मिलेर बसेकाको हकमा त त्यति समस्या छैन । परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर छ, त्यसैले त्यस्ता प्रति कार्यक्रम लक्षित हुनुपर्छ ।’

गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरेको बताइन् । उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असहाय, अपांग, ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर सिरक वितरण गरेका हौं ।’

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ०९ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक