काठमाडौँ प्रहरीद्वारा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान | Khabarhub Khabarhub

काठमाडौँ प्रहरीद्वारा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।

थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरुभएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो।’

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले सामाजिक दायित्वको भावले आम नागरिकलाई स्वास्थ्य बनाउनका लागि जेसिजले विभिन्न संस्थासँग सहकार्य गरेर अगाडि बढेको बताए। चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिक्देल, वडा नं ७ का वडाध्यक्ष शम्भुकुमार केसी, थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीलगायतले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको जनाए ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई एक हजार मास्क वितरण गरिएको थियो । अभियान थानकोट, नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ०० बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका