इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु « Khabarhub

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ।

इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योग सञ्चालित छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय रहेका बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ३० बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय