मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलगी, ३५ लाखको क्षति | Khabarhub Khabarhub

मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलगी, ३५ लाखको क्षति


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लाको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ५२ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा