सरकारले मुलुकलाई गहिरो संकटतिर धकेल्यो- ओली | Khabarhub Khabarhub

सरकारले मुलुकलाई गहिरो संकटतिर धकेल्यो- ओली


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

आज प्रेस वक्तव्य जारी गर्दै उनले गठबन्धनको सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको लगायतका आरोप लगाएका हुन् ।

ओलीले शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेको पनि आरोप लगाएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको, संविधानका धाराको अपव्याख्या गरेर सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनलाई पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न उद्यत रहेको आरोप पनि ओलीले आफ्नो वक्तव्यमार्फत् लगाएका छन् ।

उनले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको र आफ्नो पार्टीका नेताहरुलाई बदनाम गर्न सरकारले सुनियोजित षड्यन्त्र गरिरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ४२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला