सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल « Khabarhub

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहमा बोल्दै उनले राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउन सदैव लगनशील रहने प्रतिबद्धता जनाए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि सो अवसरमा अवगत गराए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्ति सुरक्षा एवं अमनचयन कायम गरी सुशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैँ तल्लीन रहेको बताए ।

उनले सीमा सुरक्षा राजस्व संकलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गरे ।

लैंगिकमैत्री वातावरण, भ्रष्टाचारमा शून्य सहलशीलता, मानवअधिकारको सम्मान संरक्षण गर्दै सरकारका नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन सशस्त्र प्रहरी कटिबद्ध रहेको पनि उनले बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत् स्रोतसाधनको अधिकतम् परिचालन गरी पेशागत भूमिका निर्वाह गरिरहेको उनले जानकारी गराए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : २७ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर