नालीमा खसेर गैंडाको मृत्यु | Khabarhub Khabarhub

नालीमा खसेर गैंडाको मृत्यु


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टिकौली जंगलको नजिकै बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैंडाको मृत्यु भएको छ।

पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्ने क्रममा निर्माणधीन नालीमा परेर मृत्यु भएको अनुमान निकुञ्जको छ।

करिब अपरान्ह ३ बजेको समयमा बाटो विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्माले जानकारी दिए।

अन्दाजी १५ वर्ष जतिको गैंडा नालीमा घोप्टो परेर मरेको उनले सुनाए। खाल्डो निकै गहिरो र चोट लागेकोले मृत्यु भएको उनले बताए। घटनास्थलतर्फ निकुञ्ज तथा वन कार्यालय, सेना तथा वन्यजन्तु चिकित्सकसहितको टोली गइरहेका छन्।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : १५ बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।