नालीमा खसेर गैंडाको मृत्यु « Khabarhub

नालीमा खसेर गैंडाको मृत्यु


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टिकौली जंगलको नजिकै बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैंडाको मृत्यु भएको छ।

पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्ने क्रममा निर्माणधीन नालीमा परेर मृत्यु भएको अनुमान निकुञ्जको छ।

करिब अपरान्ह ३ बजेको समयमा बाटो विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्माले जानकारी दिए।

अन्दाजी १५ वर्ष जतिको गैंडा नालीमा घोप्टो परेर मरेको उनले सुनाए। खाल्डो निकै गहिरो र चोट लागेकोले मृत्यु भएको उनले बताए। घटनास्थलतर्फ निकुञ्ज तथा वन कार्यालय, सेना तथा वन्यजन्तु चिकित्सकसहितको टोली गइरहेका छन्।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण