नेपालको पानी कतारी बजारमा पुग्यो « Khabarhub

नेपालको पानी कतारी बजारमा पुग्यो


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपालले हिमालयन मुहानको पानी कतारमा निर्यात गर्न थालेको छ ।

कोभिडका कारण निर्यात परियोजना दुई वर्ष ढिलो भए पनि रुद्र गंगा नेचुरल वाटरले ‘सुपर प्रिमियम हिमालयज नेचुरल स्प्रिङ वाटर’ रसुवाको ब्राण्डको पानी दोहा ल्याएको हो।

पहिलो चरणमा आठ टन पानी काठमाडौँबाट दोहा हवाई ढुवानी गरिएको हो। नेपालको रसुवा ब्राण्डको पानी कतारका सुपरमार्केटहरूमा ३३० मिलिलिटरका ३.५ रियालमा ५०० मिलिलिटरका ४ रियालमा बिक्रि वितरण भइरहेको जनाएको छ ।

पहिलो खेपमा ८ टन हवाइ मार्गबाटै निर्यात गरेको नेपाली कम्पनीले दोस्रो खेपमा १६ टन पानी ल्याउने भएको छ । मार्चदेखि दुबइमा पनि ५० टन पानी निर्यात गर्ने रसुवाको पानी वितरण गर्ने न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङका बीबी खरेललाई उद्रित गर्दै द दोहा ग्लोबले जनाएको छ ।

‘विश्वमा तेल बेचेर ती देश धनी भए, अहिले पेट्रोलभन्दा महँगो पिउने पानी उनीहरुलाई बेच्न थालेका छौँ,’खरेलले भने । रसुवाले हिमालयन र नेपाल ब्राण्डको बिक्री गरेर कतारको बजारमा ट्याप गर्न खोजिरहेको छ ।

‘धेरै नेपालीहरू आतिथ्य क्षेत्रमा काम गर्छन् र होटेलहरू हाम्रो सबैभन्दा ठुलो उपभोक्ताहरू मध्ये एक भएकाले हामीले त्यहाँ हाम्रा नेपाली कामदारहरूसम्म पुगेका छौँ,’ उनले भने। नेपालबाट पानीलाई थप प्रवर्द्धन गर्न यस वर्षको अन्त्यमा हुने २०२२ फिफा विश्वकपलाई हेरिरहेको उनले बताएका छन्।

‘विश्वकपका लागि विश्वभरका पर्यटक आउने भएकाले विश्वभर नेपालको पानीको बजारीकरणको मञ्च पनि हुने विश्वास गरिएको छ यद्यपि यो सजिलो छैन,’ उनले थपे, ‘नेपालबाट पहिलो पटक निर्यात गर्ने सानो निर्यातकर्तालाई पश्चिम एसियाली बजारमा प्रतिस्पर्धा गर्न, जसले फिजी वाटर र इभियन लगायत विश्वका ठुला पानी कम्पनीहरूलाई आकर्षित गरेको छ।’

रसुवाको धुन्चे नजिकैको मुहानबाट २,००० मिटरको उचाइमा संकलन गरिएको नेपालको उच्च गुणस्तरको रसायनरहित हिमालयन प्राकृतिक झरनाको पानीमा अझ बढी चासो हुनेमा आफूहरु आशावादी रहेको उनले बताए ।

‘कतारमा बोतलबंद पानी ढुवानी गर्दा कम्पनीलाई प्रतिकिलो ५५ नेपाली रुपैयाँ खर्च लाग्छ, जसलाई नेपालको पानी प्रतिस्पर्धी बनाउन ३५ रुपैयाँ प्रतिकिलोमा झार्नुपर्ने हुन्छ, उनले भने । पानी नमूनाहरू कतारी अधिकारीहरूले सफलतापूर्वक परीक्षण र प्रमाणित गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ३९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन