कुवेतमा ७ वर्षदेखि बन्धक नेपाली युवतीले गरिन् उद्धारको अपिल (भिडियोसहित) « Khabarhub

कुवेतमा ७ वर्षदेखि बन्धक नेपाली युवतीले गरिन् उद्धारको अपिल (भिडियोसहित)



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेकी एक नेपाली युवती ७ वर्षदेखि कुवेतको सोलेबियामा रहेको साउदी नागरिकको घरमा बन्धक बनेकी छन्।

राम्रो काम लगाइदिने भनेका दलालको फन्दामा परी घरेलु कामदारको रूपमा कुवेत पुगेकी दाङ तुलसीपुर उप-महानगरपालिका वार्ड-६ की शारदा बिकलाई साउदी नागरिकको घरमा बन्धक बनाएर राखेको स्वयम्ले सामाजिक सञ्जालमार्फत बताएकी छन्।

करार अवधि दुई वर्षको भए पनि ७ वर्ष बितिसक्दा पनि मालिकले घर फर्कन नदिएको र घरमै बन्धक बनाएर राखेको शारदाले बताएकी छन्। पटक पटक मालिकलाई अब घर फर्किने भनेर आग्रह गरे पनि मालिकले बेवास्ता गरेको उनको आरोप छ।

‘यहाँ म आएको ७ वर्ष भइसक्यो घरमा आमा पनि बिरामी हुनुहुन्छ, अहिलेसम्म घर जान दिएको छैन,’ शारदाले रुँदै भनेकी छन् , ‘यहाँ मैले खाना बनाउने, बालबच्चा हेर्नेदेखि घरको सबै काम गर्नुपर्छ, हरेक दिन २० देखि २२ घण्टासम्म काम गर्नुपर्छ।’

‘काम गरेको हरेक महिनाको परिश्रमिक पनि दिँदैन, मैले यो घरमा ७ वर्ष काम गरे अहिलेसम्म करिब ३ वर्ष ६ महिनाको मात्र परिश्रमिक दिएको छ अझै आधा परिश्रमिक नै दिएको छैन ।’शारदाले थपिन्, ‘त्यो पनि कहिल्यै समयमा दिँदैन, दुई वा चार महिनामा एक पटक मालिकले नै घर पटाइदिने गर्छ ।’

मालिकले एक हप्ताको लागि भनेर जोर्डन लगेको थियो, अब हामी यतै काम गर्छौ तिमीलाई चाहिँ घर पटाइदिन्छौ भनेको भए पनि जोर्डनमा दुई वर्ष राखेर फेरि कुवेतमै लिएर आएको उनले गुनासो गरिन् ।

उनले आफू साउदी नागरिकको घरमा सात वर्षदेखि बन्दी सरहको जीवन बिताइरहेको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी आफूलाई उद्धार गर्न समेत अपिल गरेकी छन् ।

बुधबार बिहान खबरहबको सम्पर्कमा आएकी शारदाले रुँदै आफूलाई चाँडोभन्दा चाँडो उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेतस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ कुवेतलगायतका सम्बन्धित निकायलाई यसै सञ्चार माध्यममार्फत आग्रह गरेकी छन् ।

नेपालबाट विभिन्न मानव तस्करहरूले गैर कानुनी बाटोमार्फत नेपालका सोझा सिधा महिलाहरूलाई घरेलु कामदारको रूपमा दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा पठाउने गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३३ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले