चिनीका उपायले मिल्नेछ पितृ दोष र शनि दोषबाट मुक्ति « Khabarhub

चिनीका उपायले मिल्नेछ पितृ दोष र शनि दोषबाट मुक्ति


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा चिनी सहजै पाइन्छ । यसले केवल चिया वा परिकारको मिठास मात्र बढाउँदैन केही उपायमार्फत जीवनका कैयौँ समस्या पनि समाधान गर्दछ । ज्योतिषशास्त्र अनुसार चिनीका उपायमार्फत जीवनका कैयौँ समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सूर्य ग्रह कमजोर भए जागिरमा समस्या आउन सक्छ । यस्तोमा कुण्डलीको सूर्य बलियो पार्न तामाको भाडामा चीनी र पानीको घोल बनाएर यसलाई पिउनु पर्ने मान्यता छ ।

यदि कुनै कामका लागि घर बाहिर जाँदै हुनुहुन्छ र त्यसमा सफल हुन चाहनुहुन्छ भने एक दिन अगावै राती तामाको भाँडोमा चिनी र पानी राख्ने र काममा निस्कनु अघि यसलाई पिउँदा काममा सफलता मिल्ने ज्योतिषिय मान्यता छ ।

शनिको पीडाबाट मुक्ति पाउन चिनीलाई पिसेर त्यसमा नरिवलको स–साना टुक्रा मिसाएर यो कमिलालाई ख्वाएमा शनिको पीडाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

पितृ दोषबाट छुटकारा पाउनका लागि समेत चिनीको प्रयोग उपयोगी मानिन्छ । यसकालागि पिठोमा चिनी मिसाएर कागलाई ख्वाएमा पितृ दोषबाट मुक्ति मिल्ने मान्यता छ ।

राहु दोष निवारण गर्न चिनीको उपाय उपयोगी हुन्छ । रातो कपडामा चिनी बाधेर राती सुतेको समयमा सिरानी मुनी केही दिन राखेमा लाभ मिल्ने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : २३ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा