गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु « Khabarhub

गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला-सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ-झ्यालबास सडक खण्डको निर्माणको काम सुरु भएको छ ।

नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ ।

भीमाद–त्रिवेणीको ९४ किलोमिटर सडकमध्ये दुम्कीबासबाट त्रिवेणीसम्मको १५ किलोमिटर भने अहिलेसम्म ट्रयाक पनि खुलेको छैन ।

शिलान्यास भएको सडक २ लेनमा विस्तार हुनेछ । कालोपत्रे सहितको चौडाई १० मिटर हुने पूर्वाधार कार्यालय नवलपुरका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । यसको कुल लागत ५१ करोड अनुमान छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भैसकेको उनले बताए ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने उक्त आयोजनाका लागि चालू वर्षमा ८ करोड विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जानकारी दिए ।

‘यो बहुवर्षीय योजना हो । पुरै पैसा प्रदेश सरकारले लगानी गरेको छ । खर्च गर्न सके अझै बजेट थप्ने छौं,’ उनले भने, ‘प्रदेशको मेगा प्रोजेक्टको रुपमा यो बाटोलाई लिएका छौं । जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।’ यो सडक निर्माण सकिएपछि तनहुँको मानपुर जोडिने छ । मानपुरदेखि भीमादसम्मको खण्डमा पनि काम अघि बढिसकेको छ । ट्रयाक खुल्न बाँकी रहेको त्रिवेणी क्षेत्रलाई संघ सरकारले डीपीआर बनाउन स्वीकृति दिएको छ ।

‘त्रिवेणीमा वनले रोकेको थियो । हामी नै गएर त्यो फुकाएर आयौं । डीपीआर बन्ने क्रममा अघि बढिसक्यो,’ खड्काले भने । सडक शिलान्यासपछि मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिरेर विकासले गति लिएको बताए । ‘भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो । हामीले डेढगाउँ–झ्यालवास रोजेर बजेट छुट्यायौं,’ उनी भन्छन्, ‘अब त शिलान्यास नै भएको छ । काम तीब्र गतिमा हुन्छ ।’ उनले नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाउने बताएका छन् ।.

एउटा बाटो शिलान्यास गर्न ४ मन्त्री

डेढगाउँ–झ्यालबास सडक शिलान्यासका लागि प्रदेशका चार जना मन्त्री पुगेका छन् । मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसहित पर्यटनमन्त्री मणिभद्र शर्मा र आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन् । लाइफलाइन अन्तर्गत कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आईसकेको छ । पोखराबाट भीमादसम्म पनि कुनै समस्या छैन ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ५९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको