सुनको मूल्य घट्यो, चाँदीको बढ्यो « Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले ओरालो लागेर ९६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा नेपालमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ५८ बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट