कर्णाली सरकारले साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने | Khabarhub Khabarhub

कर्णाली सरकारले साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो।

कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर्ने आयोजना, निर्माणाधीन आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

कर्णालीका जलविद्युतको यथार्थ चित्रण गर्न साना जलविद्युत आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । ‘कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेका छन्, सञ्चालन भएका छन्, निर्माणाधीनको अवस्था कस्तो छ भन्नेबारे जानकारी आवश्यक रहेको छ,’ उनले भने, ‘तिनीहरूको विवरण सबै जिल्लाबाट संकलन गर्न निर्देशनसमेत दिइसकेको छ ।’

हप्ता दिनभित्र त्यसको विवरण दिन कर्णाली प्रदेशको १० वटै जिल्लास्थित कार्यालय निर्देशन दिइएको मन्त्री सिंहले बताए । ‘साना लगानीका जलविद्युत योजना धेरै समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि पहिलो चरणमा विवरण संकलन गर्न लागेका छौं,’ उनले भने,‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिपोर्ट पेस गरे थप कार्यका लागि मन्त्रालयले पहल थाल्नेछ ।’

त्यस्तै, मन्त्री सिंह जाजरकोटको जगदुल्ला जलविद्युत आयोजना विषयमा आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटासँग जानकारी लिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ४५ बजे

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड

काठमाडौं– सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल

मेची भन्सारबाट भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर– मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति