जिप कम्पास र टाटा एच–५ मा कुन रोज्ने ? के–के छन् विशेषता ? | Khabarhub Khabarhub

जिप कम्पास र टाटा एच–५ मा कुन रोज्ने ? के–के छन् विशेषता ?


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बजारमा प्रिमियम एसयुभी खण्डमा प्रतिस्पर्धा बढ्दो छ । कम्पनीहरू नयाँ मोडलमा र पुराना मोडलहरूलाई अद्यावरण गर्दै बजारलाई उपयुक्त एसयुभी सार्वजनिक गर्दैछन् ।

नेपाली सडकको लागि एसयुभी थप रुचाइन्छ । यहाँको उबडखाबड बाटोलाई धेरै ग्राउन्ड क्लेरेन्ससहित उत्कृष्ट प्रदर्शनीका गाडीहरू उपयुक्त हुन्छ ।

तर बजारमा एसयुभी खण्डमा बिक्री भइरहेका प्रायः एसयुभीहरू अफ–रोडको लागि उपयुक्त छैन । एसयुभीको आकार, ग्राउन्ड क्लेरेन्स र बाहिरी आवरणकै कारण बजारमा लोकप्रिय बन्दैछ ।

बजारमा उपलब्ध विभिन्न एसयुभीमध्ये टाटा एच–५ पनि एक हो । एच–५ को बाहिरी आवरण, स्टाइलिङ र आकार परिस्कृत हुनुका साथै एम–५ मा समावेश गरिएको विशेषताहरू उत्कृष्ट छन् । जुन नेपाली बजारको लागि निकै उपयुक्त प्रमाणित भएको छ । कम्पनीले एच–५ मा यात्रु सुरक्षा र आरामदायिकताका विषयमा पनि थप जोड दिएको छ ।

नेपालमा टाटा एच–५ सन् २०१९ को मध्यतिर सार्वजनिक भएको हो । भारतीय बजारमा भने यो सन् २०१९ को पहिलो महिना नै सार्वजनिक भएको थियो ।

बजारमा टाटा एच–५ का थुप्रै प्रतिस्पर्धी एसयुभीहरू छन् । जसमध्ये जिप कम्पास पनि पर्छ । कम्पनीले झन्डै तीन वर्ष अघि आफ्नो मिड–साइज एसयुभीबाट अद्यावरण गर्दै भारतीय बजारमा जिपको कम्पास सार्वजनिक गरेको थियो ।
कम्पनीले कम्पासको निर्माण एवम् उत्पादनमा यसको बाहिरी आवरणदेखि भित्री विशेषताहरूमा विशेष जोड दिएको छ ।
तर टाटा एच–५ को तुलनामा कम्पासमा कम ग्राउन्ड क्लेरेन्स छ ।

टाटा एच–५ र जिप कम्पास दुवै प्रिमियम एसयुभी हुन् । तर नेपाली बजारको लागि एच–५ र कम्पासमध्ये कुन बढी उपयुक्त छ ? एच–५ र कम्पास दुई एसयुभीमा के–के विशेषता छन र, एच–५ र कम्पास दुईमध्ये कुन रोज्ने ?

बाहिरी डिजाइनिङ
टाटा एच–५को डिजाइनिङ निकै सानदार छ । ल्यान्डलोभरको डिएनए र डिएट प्लेटफर्ममा तयार पारिएको एच–५ को बाहिरी डिजाइन निकै बोल्ड छ । एच–५ को डाइमेन्सन डिस्कभरी स्पोर्टको जस्तै छ भने बाहिरी शाररिक बनावट ल्यान्डलोभरको जस्तै छ । एच–५ एसयुभी ब्रान्ड इम्प्याक्ट २.० डिजाइनमा आधारित छ ।

टाटा एच–५ मा पुरै डिआरएलसहितको प्रोजेक्टर हेडलाइट पाउन सकिन्छ । त्यस्तै, गाडीको टेल लाइट पनि एलइडी छ । एच–५ को हेडलाइट एड्जस्टेबल छन् । अर्थात्, आफूलाई अनुकूल तरिकाले राख्न सकिन्छ। टाटा एच–५मा फग लाइट र रेन सेन्सिङ वाइपर पनि छ । पानी परेको थाहा हुने बित्तिकै वाइपर आफै चल्छ । एच–५ मा सन रुफ पनि छ ।
उस्तै, उता जिप कम्पासको बाहिरी आवरण पनि आकर्षक छ । कम्पासको अगाडि भागमा भएको सिग्नेचर सात वटा ग्रिलले कम्पासलाई निकै बोल्ड देखाएको छ । टाटा एच–५ मा जस्तै कम्पासमा पनि एलइडी डिआरएल पाउन सकिन्छ भने हेडलाइट पनि एलइडी छ ।

कम्पास र एच–५ दुवैमा अलोय ह्विल पाउन सकिन्छ । कम्पास मा १८ इन्चको अलोय ह्विल छ भने एच–५ मा १७ इन्चको अलोय ह्विल छ ।

तर टाटा एच–५ मा जिप कम्पासको तुलनामा बढी ग्राउन्ड क्लेरेन्स छ । एच–५मा२०५ एमएमको ग्राउन्ड क्लेरेन्स छ । जुन नेपाली भू–भागको लागि निकै उपयुक्त र सुरक्षित मानिन्छ । प्रिमियम सेग्मेन्ट कै जिप कम्पासको भने जम्मा १७८ एमएम ग्राउन्ड क्लेरेन्स छ ।

जिप कम्पासको लम्बाई ४,४०५ एमएम, चौढाई १,८१८ एमएम र उचाई १,६४० एमएम छ । त्यस्तै यसको ह्विलबेस जम्मा २,६४६ छ । कम्पासको तुलनामा टाटा एच–५ को ह्विलबेस २,७४१ एमएम छ । एच–५को लम्बाई ४,५९८ एमएम, चौढाई १,८९४ एमएम र उचाई १,७०६ एमएम छ । एच–५ र कम्पास दुवै ५–सिटर एसयुभी हुन् ।

आन्तरिक स्टाइलिङः
टाटा एच–५ को आन्तरिक स्टाइलिङ समेत आकर्षक र आधुनिक छ । एच–५को क्याबिन निकै खुल्ला छ । यसको स्टेरिङ ह्विलको वरिपरि लेदर प्रयोग गरिएको छ । एच–५को गियर सिफ्ट सेलेक्टरमा पनि लेदर पाउन सकिन्छ जुन जिप कम्पासमा समावेश गरिएको छैन ।

एच–५को आउटसाइड रिअर भ्यू मिररलाई अद्यावरण गरिएको छ । गाडीमा विभिन्न रंगीन विकल्पसहित टचस्क्रिन प्रविधि समावेश गरिएको छ ।

जिप कम्पासको आन्तरिक डिजाइन पनि आकर्षक छ । कम्पासमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ । जसले वायरलेस एप्पल कारप्ले र एनड्रोइड अटो कनेक्टिभिटीलाई सपोर्ट गर्छ । त्यस्तै कम्पासले एमजोन एलेक्सालाई पनि सपोर्ट गर्छ । ड्राइभरको लागि कम्पासमा १०.२ इन्चको पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ भने एच–५ मा जस्तै कम्पासको स्टेरिङ ह्विलमा भने लेदर पाउन सकिन्छ ।

टाटा एच–५ र जिप कम्पास दुवैमा डिजिटल अडोमिटर, डिजिटल घडी, एड्जस्टेबल सिट र डुअल टोन ड्यासबोर्ड जस्ता विशेषताहरू पाउन सकिन्छ । एच–५ को तुलनामा कम्पासमा भने भेन्टिलेटेड सिटहरू छन् । दुवै एसयुभीको अगाडि भागको सिटहरू एड्जस्टेबल छन् । अर्थात् चालक र यात्रुलाई उपयुक्त हुने तरिकाले सिटलाई मिलाउन सकिन्छ ।

सुरक्षाः
सुरक्षाको विषयमा टाटा एच–५ र जिप कम्पासले विशेष ध्यान पुर्‍याएको छ । एच–५ सेग्मेन्टको बेस्ट बिल्ड एसयुभी हो । सुरक्षाको लागि एच–५मा ६ वटा एयरब्याग छन् । त्यस्तै गाडीमा इबिडीसहितको एबिएस, पेरिमेट्रिक अर्लाम प्रविधि, कर्नर स्टेबिलिटी कन्ट्रोल, अफ रोड एबिएस, ब्रेक डिस्क वाइपिङ, इबिडीसहितको एबिएसलगायत थुप्रै विशेषताहरू समावेश गरिएको छ ।

त्यस्तै, जिपले पनि कम्पास निर्माण समय सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ । कम्पासमा विद्युतीय पार्किङ ब्रेक, डुअल–नोट विद्युतीय हर्न, अकुप्यान्ट डिटेक्टिभ प्रविधिलगायत सुरक्षाका विशेषताहरू छन् । एच–५ मा जस्तै जिप कम्पासमा पनि ६ वटा एयरब्याग पाउन सकिन्छ जसले गर्दा यात्रालाई सुरक्षित बनाउँछ ।

टाटा एच–५ र जिप कम्पास दुवैमा एन्टी लक ब्रेकिङ प्रविधि, चाइल्ड सेफ्टी लक्स, अटोमेटिक हेडल्याम्स, एन्टी थेफ्ट अर्लाम, सिट बेल्ट वार्निङ, ३६० भ्यू क्यामेरा, हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टसलगायत सुरक्षा विशेषताहरू समावेश गरिएको छ ।

इन्जिन र पर्फमेन्सः
टाटा एच–५मा बिएस–६ सहितको २.० लिटर टर्बोचार्ज इन्जिन जडित छ । एच–५ डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । जसले अधिकतम १६८ बिएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले एच–५ ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा सार्वजनिक गरेको छ ।

जिप कम्पास भने १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । कम्पास पनि बिएस–६ कम्प्लायन्ट मै आधारित छ । कम्पासको पेट्रोल इन्जिन ६ स्पीड म्यानुअल र ७ स्पीड डुअल–क्लच ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।

नेपालमा एच–५ को सुरुवाती मूल्य ८६ लाख ८५ हजारदेखि ९० लाख ८५ हजार रुपैयाँ तोकिएको छ । नेपालमा एच–५ एक्सजेडए, एक्सजेड प्लस प्यानारोमिक सनरूफ र एक्सजेडए प्लस प्यानारोमिक सनरूफ ट्रिममा उपलब्ध छ । नेपाली बजारमा एच–५ रातो, सेतो र ग्रे गरी तीन रंग विकल्पमा उपलब्ध छ । एच–५ ले रोडमा देखाउने आफ्नो प्रस्तुतिका कारण एच–५ बजारमा निकै रुचाइएको प्रिमियम एसयुभी हो ।

उस्तै जिप कम्पासको सुरुवाती बजार मूल्य भने ८७ लाख ९० हजार तोकिएको छ । कम्पास रातो, कालो, सेतो, हरियो, ग्रे र निलो रंग विकल्पमा उपलब्ध छ ।

यसर्थ, मूल्यको हिसाबमा पनि थुप्रै विशेषताले भरिपूर्ण टाटा एच–५ जिपको तुलनामा अलि सस्तो छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  २ : १५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको