ललितपुर मेयर महिला क्रिकेट : एपीफकाे लगातार दोस्रो जित « Khabarhub

ललितपुर मेयर महिला क्रिकेट : एपीफकाे लगातार दोस्रो जित


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।

सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक १८ रन जोडिन् । यस्तै, बिन्दु थापा र डोल्ली भट्टले समान ११ रन बनाए ।

एपीएफकी सोनु खड्काले तीन विकेट लिइन् । यसबाहेक सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन् । जितसँगै समूहमा एपीएफ दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा प्रदेश १ र लुुम्बिनी प्रदेशले एक खेलबाट बिना अंक रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : ०० बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको