बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता « Khabarhub

बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोगसम्बन्धी सम्झौता भएको छ ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले बुधबार ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यसअवसरमा बिमा समितिका अध्यक्ष सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) को कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन यो सम्झौताले योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष ओलीले बिमा कम्पनीहरूमा नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

सम्झौतामा बिमा कम्पनीहरूमा एनएफआरएसको कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदानप्रदान गर्ने, बिमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बिमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बिमा समितिका कार्यकारी दिर्नेशक राजुरमण पौडेल र निर्देशकद्वय पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेशकुमार लाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष भाष्करसिंह लाला तथा कार्यकारी निर्देशक सञ्जय सिन्हा उपस्थित थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : १५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको