काठमाडौँ–तराई द्रुतमार्ग ठेक्काको यथार्थ विवरण पेश गर्न समितिको निर्देशन « Khabarhub

काठमाडौँ–तराई द्रुतमार्ग ठेक्काको यथार्थ विवरण पेश गर्न समितिको निर्देशन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रिया पूर्वतयारीको कार्य सम्पन्न नगरी सुरु गरेको र कानुनसम्मत् नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ विवरण सात दिनभित्र समितिमा पेश गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले फागुन २६ र २७ गते काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आयोजनाका निर्देशक प्राविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको जनाकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले आयोजनामा देखिएका समस्याहरू समाधान गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

२०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने सेनाको तयारी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : ५१ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु