यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा « Khabarhub

यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ ।

नेपाल भारत सहयोग लेखिएको स.१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए ।

भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो ।

भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संघलाई सन् २०१५ मा सो एम्बुलेन्स दिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : २१ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी