अपाङ्ता भएकालाई रोजगार दिन दुई संस्थाबीच सम्झौता « Khabarhub

अपाङ्ता भएकालाई रोजगार दिन दुई संस्थाबीच सम्झौता


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच रोजगारीसम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजका लागि योगदान दिने मुख्य उद्देश्यले प्रेरित भएर यो सम्झौता गरिएको कुमारी जब र फाउन्ड परियोजनाले जनाएका छन् ।

कार्यक्रममा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरू मानसिक रूपमा उत्तिकै सक्षम हुने भन्दै उचित अवसर पाए उनीहरूले पनि अन्य मानिस उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्ने बताए ।

सम्झौतापत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक भण्डारी र फाउन्ड परियोजनाको तर्फबाट निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : १८ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त