‘एमसीसीमाथि छलफल गरियोस्’ प्रस्ताव गर्नुपर्ने मन्त्री नै काठमाडौँ बाहिर ! « Khabarhub

‘एमसीसीमाथि छलफल गरियोस्’ प्रस्ताव गर्नुपर्ने मन्त्री नै काठमाडौँ बाहिर !


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा बिहीबार बस्दैछ ।

यो बैठकमा एमसीसीको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुपर्ने छ ।

तर, अर्थमन्त्री शर्मा यो बैठकलाई छल्न एउटा कार्यक्रम सहभागी हुन उपत्यका बाहिर गएका छन् ।

शर्मा पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन कुश्मा पुगेका हुन् ।

भोलिको संसद बैठकका दुई सम्भावित कार्यसूचीमध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेका छन् ।

जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।

यसअघि, आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नुपर्ने थियो । तर, अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित नै भएनन् ।

उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : २० बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि