विश्व इतिहासमा आज : हिटलरलाई असीमित शक्तिदेखि फुटबल लिगको पहिलो बैठक « Khabarhub

विश्व इतिहासमा आज : हिटलरलाई असीमित शक्तिदेखि फुटबल लिगको पहिलो बैठक


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २३ मार्च २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम :

अन्तरिक्ष स्टेसन समुद्रमा 

सन् २००१ मा रुसी अन्तरिक्ष स्टेसन मिर समुद्रमा डुबेको थियो । सो स्टेसनलाई  अन्तरिक्षमा १५ वर्षपछि एक नियन्त्रित दुर्घटनामा डिस्पोज गरिएको थियो ।

एल साल्भाडोरका आर्कबिशपको हत्या

सन् १९८० मा आर्कबिशप ओस्कार रोमेरोले एल साल्भाडोरका सशस्त्र सेनाका सदस्यहरूलाई आफ्ना साथी साल्भाडोरियनहरूको हत्या रोक्न आह्वान गरेका थिए । उनको आह्वानको १ दिनपछि एउटा समूहले ओस्कारको हत्या गरेको थियो ।

पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणतन्त्र

सन् १९५६ मा पाकिस्तान विश्वको पहिलो इस्लामिक गणतन्त्र घोषित भएको थियो । पाकिस्तानमा अहिलेको बंगलादेश वा पूर्वी पाकिस्तानको क्षेत्र पनि समावेश थियो, जुन सन् १९७१ मा अलग भयो ।

हिटलरलाई असीमित शक्ति

सन् १९३३ मा जारी दी इनएबलिङ एक्ट अफ १९३३ ले एडोफ हिटलरलाई जर्मनीमा तानासाही शक्ति प्रदान गरेको थियो ।

फुटबल लिगको पहिलो बैठक

सन् १८८८ मा फुटबल लिगको पहिलो बैठक भएको थियो । इङ्गल्यान्ड र वेल्सका टोलीहरू समावेश भएको लिग विश्वको सबैभन्दा पुरानो संघ फुटबल लिग थियो । सन् १९९२ मा शीर्ष २२ टिमले प्रिमियर लिग गठन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ५९ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ