मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित « Khabarhub

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर (एमएलएस) को खेलमा इन्टर मायमी कोलम्बस क्र्युसँग २–१ गोल अन्तरले पराजित भएको छ।

खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै जोसेफ मार्टिनेजले कोलम्बस क्र्युलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै ३३औँ मिनेटमा इन्टर मायमीका कप्तान लिओनेल मेसीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटसम्म १–१ को स्थितिमा रहेको खेलको इन्जुरी समयमा नाटकीय मोड आयो। ९० पछिको ६औँ मिनेटमा इन्टर मायमीका युवा खेलाडी सान्तियागो मोरालेसले रातो कार्ड (दोहोरो पहेँलो) खाँदै मैदान छाडेपछि मायमी १० खेलाडीमा समेटियो।

त्यसको फाइदा उठाउँदै ९० मिनेटपछि थपिएको ९औँ मिनेटमा कोलम्बसका जमाल थियारेले गोल गर्दै टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का