कतारमा रहेका नेपालीलाई श्रम मन्त्री श्रेष्ठको आग्रह : स्वदेश फर्केर जनप्रतिनिधि बन्नोस् « Khabarhub

कतारमा रहेका नेपालीलाई श्रम मन्त्री श्रेष्ठको आग्रह : स्वदेश फर्केर जनप्रतिनिधि बन्नोस्



दोहा – कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारमा रहेका नेपालीलाई आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि बन्न आग्रह गरेका छन् ।

दोहास्थित नेपाली दूतावास र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले गरेको श्रम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा पैसा कमाएर देश बनाउन स्वदेश फर्किन भनेका हुन् ।

नेपालीबाटै नेपाली कामदार ठगिने गरेको भन्दै उनले त्यस्ता ठगिएको कामदारले उजुरी गरे कसैलाई पनि नछाड्ने चेतावनी दिए । ‘दुबईमा नेपाली ठग्ने दलालहरूलाई रेटकर्नर नोटिस जारी गरी लैजाने मेरो भनाइ सुन्नु भएको होला नि’, मन्त्री श्रेष्ठले भने, ‘यहाँ पनि त्यस्तो नेपाली ठग्ने दलाली भए कारबाही हुन्छ, टाई सुट लगाएर नेपाली ठग्ने काम तत्काल बन्द होस् ।’

यस पटकको कतार भ्रमण विशेष गरी सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेमा केन्द्रित रहेको उनले बताएका छन्। त्यसका लागि ड्राफ्ट कतार सरकारलाई बुझाइएको र कतारका श्रम मन्त्री डा अल वीन समिख अल मारीसँग भेटवार्ता गरेको भन्दै उनले अब छिटै काठमाडौँमा नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुने बताए ।

विश्वकप फुटबल २०२२ हुने रङ्गशालाको अवलोकन गरेका मन्त्री श्रेष्ठले रङ्गशाला निर्माण गर्ने काममा मात्रै होइन सरसफाइमा पनि नेपालीलाई नै प्राथमिकता दिन कतारका अधिकारीहरु समक्ष आग्रह गरेको बताए ।

मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र पेस

कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यहाँ स्थित सङ्घ संस्थाका प्रतिनिधि मार्फत प्राप्त सल्लाह सुझाव समेटी कतारमा रहेका कामदारका समस्या र सरकारले गर्नुपर्ने कामबारे मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको एनआरएनए प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले आफू सदैव मजदुरको हितमा काम गर्न तत्पर रहेको जवाफ दिएका थिए । श्रम मन्त्रीसहित मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालको टोली आज स्वदेश फर्कँदै छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल