कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल « Khabarhub

कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् ।

पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् । उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १० (झ) बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् । बेशीसहर नगरपालिका ३, बाहुनबेंसी घर भएका बराल ०३९ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

त्यसपछि नेविसंघ मर्स्याङ्दी बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै जल्ला सचिवमा निर्वाचित बराल नेविसंघको जिल्ला अध्यक्षमा ३ पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट तरुणमा प्रवेश गरेका बराल तरुण दलको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

कांग्रेसको दसौँ महाधिवेशन अन्तर्गत ०५७ मा आयोजित जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै सहसचिव भएका उनी १३ औं महाधिवेशन अन्तर्गत २०७२ मा जिल्ला सचिवमा निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् । नेपाली कांग्रेसको विधान अनुसार कार्य समितिका सदस्यलाई सभापतिले विभाग प्रमुख बनाउन सक्ने प्रावधान अनुरुप बराललाई सभापति शर्माले संगठन विभाग नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : ५९ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर