खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना « Khabarhub

खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – आमाछोदिङमो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षण गर्नेगरी सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको थियो ।

तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्‍याएको भन्दै स्थानीयले आयोजनाको काम नै ठप्प पारेका हुन् ।

सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चाैँरी तथा भेडा पालक किसान समस्यामा परेको चौँरीपालक किसान सोनामनुर्पु तामाङ बताए ।

हिउँ पर्ने मौसममा चौँरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन छ । ‘अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन,’ किसान छेवाङ तामाङले बताए ।

आमाछोदिङमो गाउँपालिका-५ का वडाध्यक्ष टासी छेवाङ तामाङले माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको सूचना प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत भएको संझौता अनुसार काम नभएको उनले बताए ।

निर्माणाधीन माथिल्लो साङजेन आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ । आयोजना टनेल ४ किमी र पेनसटकसमेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।

सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ५९ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी