खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना « Khabarhub

खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – आमाछोदिङमो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षण गर्नेगरी सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको थियो ।

तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्‍याएको भन्दै स्थानीयले आयोजनाको काम नै ठप्प पारेका हुन् ।

सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चाैँरी तथा भेडा पालक किसान समस्यामा परेको चौँरीपालक किसान सोनामनुर्पु तामाङ बताए ।

हिउँ पर्ने मौसममा चौँरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन छ । ‘अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन,’ किसान छेवाङ तामाङले बताए ।

आमाछोदिङमो गाउँपालिका-५ का वडाध्यक्ष टासी छेवाङ तामाङले माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको सूचना प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत भएको संझौता अनुसार काम नभएको उनले बताए ।

निर्माणाधीन माथिल्लो साङजेन आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ । आयोजना टनेल ४ किमी र पेनसटकसमेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।

सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ५९ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन