जोगिन्दरबाट ‘मुखियाजी’ बन्दै शिवशंकर « Khabarhub

जोगिन्दरबाट ‘मुखियाजी’ बन्दै शिवशंकर


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजाल हिमालय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणामजी’मा देखिएको छोटै समयमा दर्शममाँझ चिनिए। त्यस कार्यक्रमबाट उनले अर्को उपनाम पनि पाएका थिए ‘पानवाला’। ‘जोगिन्दर बोले प्रणामजी’को पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा. प्रकाशशरण महतलाई अतिथि बनाएका उनले मैनबत्ती बालेर कार्यक्रम थालेपछि उनी स्थापित नै भए । उनी मधेसीमुनका पात्रको क्यारेक्टरमा दर्शकसामु चिनिएका हुन्।

जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । ‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिए । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने । अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए ।

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरे’ उनले भने । उनलाई सर्वसाधारणले पान पसलेको भूमिकामा चिन्ने गरेका छन् ।

‘आफूले मेहनत गरेको क्यारेक्टरलाई दर्शकले रिलेट गर्दा खुसी लाग्छ’ जोगिन्दरले भने । प्रायः मेला महोत्सवमा उनले आफूलाई त्यही क्यारेक्टरमा प्रस्तुत गर्ने गरेका छन् । यद्यपि अब उनको क्यारेक्टर फेरिने भएको छ । जोगिन्दरबाट परिचित शिवशंकर अब ’मुखियाजी’ बन्दैछन् ।

ग्लोबल टेलिभिजनबाट प्रसारण हुने शो ’जोगिन्दर मुखियाजी’ मार्फत पनि उनले तराईकै क्यारेक्टरलाई ल्याउँदै छन् । ‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ, टोल वा वडामा मुखियाजीले नै हरेक काम र विवादको फैसला गर्ने गर्थे’ उनले स्मरण गरे ।

मुखियाजी विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम हुने शिवशंकरले बताए । उनले पहिलो एपिसोडमा पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथिको रुपमा निम्त्याएका छन् । ‘रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो, जहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु, यो साझा चौतारीमा सबैसँग भलाकुसारी गर्ने कार्यक्रम हो’ उनले भनेका छन्।

उनी टेलिभिजनमा कोरोना महामारी पश्चात आउन लागेका हुन् । उनले जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजीको भूमिकामार्फत आगामी यात्रा अघि बढाउने योजना सुनाए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : १७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी